Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त

कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि आयोगका उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि रिक्त बनेको पदमा नयाँ नियुक्ति गरिएको हो।

 प्रदेश सरकारका अनुसार निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीय तहको कामकारबाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित छन्।