पहिले दर्ता भएका दलले पनि पुनः दर्ता गर्नुपर्ने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समयसीमा आज (शुक्रबार) सकिँदै छ।
सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले नयाँ दल दर्ताका लागि तोकेको विशेष समयसीमा आज समाप्त हुन लागेको हो।
आयोगले चुनावमा भाग लिन इच्छुक दलहरूका लागि छुट्टै निर्वाचन–प्रयोजन दल दर्ता समयसीमा पनि तोकेको छ। आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता मंसिर १० गतेसम्म गर्नुपर्नेछ।
पहिले दर्ता भएका दलले पनि पुनः दर्ता गर्नुपर्ने
आयोगले यसअघि नै दर्ता भइसकेका दलहरूले पनि आगामी निर्वाचनमा सहभागी हुन पुनः दल दर्ता अनिवार्य हुने स्पष्ट गरेको छ।
यससँगै चुनावी तयारी, दलहरूको सक्रियता र राजनीतिक परिदृश्यमा नयाँ मोड आउनसक्ने अनुमान गरिएको छ।