Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

स्वदेश फर्किए देउवा दम्पति (फोटो फिचर)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन्। पत्नी आरजु राणा देउवासहित कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका देउवा दम्पती शुक्रबार राति स्वदेश फर्किएका हुन्।

देउवा दम्पती भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका थिए। नेपालमा प्रारम्भिक उपचार गराएपछि देउवा असोज २४ गते सार्वजनिक भएका थिए। त्यसपछि उनले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पनि सहभागी भएका थिए।

अर्को चरणको उपचारका लागि सिंगापुर गएका देउवाले पार्टीको कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पेका थिए। सिंगापुरमा १८ दिनको उपचारपछि देउवा दम्पती स्वदेश फर्किएका हुन्।

तस्बिरहरु: