Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नेपाली कम्युनिष्ट पार्टीले पायो आयोगबाट दल दर्ताको प्रमाण पत्र

नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको छ । पार्टीको चुनाव चिन्ह तारा कायम भएको छ ।

कार्तिक १९ गते तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न १० दल एक र अभियान एक भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको थियो ।

नेपाली कम्युनिष्ट पार्टीले कार्तिक २० गतेनै आयोगमा दल दर्ताको निवेदन दिएको थियो ।