Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

दीपक राज गिरीको राय- एकदिनका लागि संसद पुनस्थापना गरेर संबिधान संशोधन गरेर निर्वाचनमा जानुपर्छ

कलाकार दीपक राज गिरीले एक दिनका लागि संसद पुनस्थापना गरी संबिधान संशोधन गरेर निर्वाचनमा गए देशले दिगो शान्तिको बाटो समाउने टिप्पणी गरेका छन्  ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले सर्बदलीय भेला गर्दै संबिधानमा के कस्ता सुधार गर्नु पर्छ भनेर छलफल गरेर सबैलाई मान्य हुने बिन्दूमा पुगेर एकदिनलाई संसद पुनस्थापना गरी संबिधान संशोधन गरेर निर्वाचनमा गए देशले दिगो शान्तिको बाटो समाउने राय व्यक्त गरेका छन्  ।