Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

रास्वपा नेता गणेश कार्कीको टिप्पणी- खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखेपछि दुर्घटनामा त पर्छ, पर्छ!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखेपछि दुर्घटनामा पर्ने टिप्पणी गरेका छन् ।रास्वपाका पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेपछि कार्कीले यस्तो टिप्पणी गरेका हुन् ।  

उनले समस्याहरू गल्छी भन्दा गहिरा भएको बताउदै जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर्न आग्रहसमेत गरेका छन् ।

उनले भनेका छन्:  समस्याहरू गल्छी भन्दा गहिरा छन् । खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखे पछि दुर्घटनामा त पर्छ, पर्छ । भन्छन् नि, ' जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर ।'