राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारले माओवादी केन्द्र छाडेका नेता जनार्दन शर्मासँग राजनीतिक सहकार्यबारे छलफल सुरु गरेका छन्।
नयाँ राजनीतिक अभियान सुरू गर्ने घोषणा गर्दै रास्वपा छाडेका परियार र हालै माओवादी केन्द्रबाट अलग भएका शर्माबीच पछिल्ला दिनमा निरन्तर भेटवार्ता हुँदै आएको स्रोतले जनाएको छ।
दुवै नेताबीच नयाँ वैकल्पिक राजनीतिक मोर्चा बनाउने सम्भावना, साझा एजेन्डा र नेतृत्व संरचना जस्ता विषयहरूमा विस्तृत छलफल भइरहेको बताइएको छ। हालसम्म औपचारिक निर्णय भने नआए पनि दुवै नेताले नयाँ राजनीतिक विकल्पबारे चासो बढिरहेको संकेत दिएका छन्।