Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जनमतबाट फुटेर बनेको जनस्वराज पार्टी असंवैधानिक भएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले दल बिभाजनसम्बन्धि मुद्धामा जनमत पार्टीका अध्यक्ष सीके राउतको पक्षमा फैसला सुनाएको छ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले जनमत पार्टी विभाजन भई गठन भएको जनस्वराज पार्टी असंवैधानिक भएको ठहर गरेको हो ।

पूर्ण इजलासले दीपककुमार साह नेतृत्वको जनस्वराज पार्टीलाई असंवैधानिक भन्दै निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ । राउतले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वोच्चले संक्षिप्त आदेश गरेको हो ।