Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

रेशम चौधरीको नयाँ दल दर्ता, निर्वाचन आयोगले दियो प्रमाण पत्र

रेशम चौधरीको नयाँ दल निर्वाचन आयोग दर्ता भएको छ  । बुधबार आयोगले रेशम चौधरीसहित दलका प्रतिनिधिलाई दर्ताको प्रमाण पत्र दिएको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले कार्तिक १४ गते नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए ।

नागरिक उन्मुक्ति पार्टी, नेपालमा  चौधरी संरक्षक रहेका छन् भने अध्यक्षमा कबीर सोप रहेका छन् । त्यस्तै जनमत पार्टीबाट अलग भएका अब्दुल खान र यसअघि रुपन्देही- ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशंकर चौधरी पनि सहभागी छन् ।