Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

अनेरास्ववियु विवाद: महासचिव धामीले कडरियालाई 'कायर' भन्दै दिए चेतावनी

नेकपा एमाले निकट अनेरास्ववियुले पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन गडरियाले गैरजिम्मेवार र अराजक हर्कत देखाएको आरोप लगाएको छ ।

महासचिव दीपक धामीले मंगलबार विज्ञप्ति जारी गर्दै कडरियाले आधिकारिक फेसबुक पेज र संगठनको लेटरप्याडसमेत दुरुपयोग गरेको भन्दै गम्भीर आपत्ति जनाएका हुन् ।

जेनजी आन्दोलनपश्चात देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला संगठनलाई ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजीनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैरजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भत्सर्ना गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै अनेरास्ववियुले संगठनको गरिमालाई धुलिसात गर्ने, आफ्नो निहित स्वार्थका लागि संगठनको गरिमामाथि बुट बजार्ने, अनधिकृतरूपमा संगठनको केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गर्नेजस्ता अराजक र अराजनीतिक गतिविधिहरू तुरून्तै बन्द गर्न चेतावनी समेत दिएको छ । 

महासचिव धामीले जारी गरेको विज्ञप्ति:
केही दिन देखी अनेरास्ववियुको आधिकारिक फेसबुक पेज तथा संगठनको लेटरप्याड समेत दुरुपयोग हुँदै आएका घटनाप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ । ‘जेन जी’ आन्दोलन पश्चात देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला सङगठनलाई ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजिनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैह्रजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भत्सर्ना गर्दछ । 

संगठनको गरिमालाई धुलिसात गर्ने, आफ्नो निहित स्वार्थको लागि सङगठनको गरिमा माथि बुट बजार्ने, अनाधिकृत रुपमा सङठनको केन्द्रीय कार्यालयमा प्रवेश गरि तोडफोड गर्ने जस्ता अराजक र अराजनितिक गतिविधिहरु तुरून्तै बन्द गर्न अनेरास्ववियु चेतावनी दिन चाहन्छ । संगठनप्रति आस्थावान आम कार्यकर्ताहरुलाई यस्ता क्रियाकलाप बाट टाढा रहन र राजनीतिक नैतिकता गुमाईसकेको ब्यक्तिलाई स्थापित गर्न र सङठनको आन्तरिक जिवनमा विभाजन गर्न दिनरात नभनि लागेका केही असन्तुष्ट तत्वहरु बाट भ्रमित नभै संगठनको मूल्यमान्यता तथा अनुशासनमा रही आफ्ना जिम्मेवारी पूरा गर्न हार्दिक अनुरोध गर्दछौं । साथै आम सन्चार माध्यम लाई यस्ता अराजक गतिविधि लाई प्रश्रय नदिन अपिल गर्दै अनेरास्ववियुको नेतृत्व सम्बन्धि निर्क्योल आन्तरिक विधि बाट यथाशीघ्र हुने जानकारि गराउदछौं ।