Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कुलमान घिसिङ र सुदन गुरुङबीच पुनः भेट, एउटै पार्टी बनाउने प्रयास अन्तिम चरणमा

ऊर्जामन्त्री कुलमान घिसिङ र जेन–जी आन्दोलनबाट उदाएका नेता सुदन गुरुङबीच फेरि भेटवार्ता हुने भएको छ। गत आइतबारदेखि निरन्तर छलफलमा रहेका यी दुई नेताले एउटै पार्टी बनाएर अघि बढ्ने विषयमा वार्ता गरिरहेका छन्। सोमबार र मंगलबार बिहानसमेत दुबैबीच दुई चरणको भेटवार्ता भइसकेको थियो।

मंगलबार बिहान भएको भेटमा घिसिङले पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने र नेतृत्वमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अघि सार्ने आफ्नो अडान दोहोर्याएका थिए।

तर, गुरुङले जेन–जी समूह र अन्य सहयात्रीहरूलाई समेट्दै साझा नेतृत्वमा जाने प्रस्ताव राखेका थिए। उक्त छलफलमा सहमति नजुटेपछि मंगलबार बिहान गुरुङ बैठकस्थलबाट बाहिरिएका थिए।

यसपछि ऊर्जामन्त्री घिसिङले फेरि सुदन गुरुङलाई भेटका लागि बोलाएका छन्। स्रोतका अनुसार दुबै नेताबीचको यो भेट सम्भवतः दल दर्ता गर्नु अघि हुने अन्तिम निर्णायक वार्ता हुनेछ।