Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राष्ट्रपति पौडेलद्वारा मधेश प्रदेश प्रमुख पदमुक्त

राष्‍ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सोमबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई आज पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।