Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्कीले भनिन्- दिल्ली विस्फोटबाट स्तब्ध छु, दु:खको घडीमा नेपाल भारतको साथमा छ

प्रधानमन्त्री सुशिला कार्कीले भारतको नयाँ दिल्लीमा भएको विस्फोटबाट स्तब्ध र मर्माहत भएको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्: हिजो साँझ भएको दुखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु । शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ ।