पूर्वसचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा ‘उज्यालो नेपाल’ नामक नयाँ राजनीतिक पार्टी दर्ता हुने भएको छ।
तत्कालका लागि उपाध्याय पार्टी अध्यक्षका रूपमा रहने भए पनि, सरकारबाट हटेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पार्टीको नेतृत्व सम्हाल्ने तयारीमा रहेको स्रोतले जनाएको छ।
पूर्वसचिव उपाध्यायका अनुसार पार्टी दर्ता प्रक्रिया सोमबार टुंगो लगाइने र आजै निर्वाचन आयोगमा औपचारिक रूपमा निवेदन दर्ता गरिने योजना छ।
‘उज्यालो नेपाल’ नामक पार्टीको चुनाव चिह्न ‘बलिरहेको चिम’ रहनेछ।
यसअघि गत साउन २७ गते ज्ञानबहादुर तामाङले सो पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको भए पनि आयोगले थप विवरण पेश गर्न निर्देशन दिएको थियो।