Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान

लुम्बिनी विकास बैंक लिमिटेडले विश्वकै सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहण गर्दै बैंकको लोगो अंकित ब्यानरसहित शिखरमा पुगेका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ।

बैंकले आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराको उपस्थितिमा शेर्पालाई सम्मान गर्दै उहाँको निरन्तर साहस, समर्पण र अद्वितीय उपलब्धिको उच्च प्रशंसा गरेको हो।

कामी रिता शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकका “निरन्तर सहयात्री” सदस्य रहँदै आएका छन्। उनले ३१ औं पटकको आरोहण आफ्नो व्यक्तिगत सफलता मात्र नभई आफ्नो परिवार, शेर्पा समुदाय र सम्पूर्ण नेपालीको गौरवको प्रतीक रहेको बताए।

लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोहराले कामी रिता शेर्पाको साहस र समर्पणले सम्पूर्ण देशलाई गौरवान्वित बनाएको बताउँदै आगामी सफलताको कामना गरे।

देशका सातै प्रदेशमा शाखा विस्तार गरिसकेको लुम्बिनी विकास बैंकले हाल ८९ शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत सेवा प्रदान गर्दै आएको छ। “निरन्तर सहयात्रा” भन्ने नारासहित बैंकले आधुनिक प्रविधि, सुरक्षित सेवा र ग्राहकमैत्री बैंकिङ्गको माध्यमबाट निरन्तर अग्रगमन गरिरहेको छ।