Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बन्दीपुर केबलकारको शेयर नेप्सेमा सुचिकृत

बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको आइपिओ शेयर नेप्सेमा सुचीकृत भएको छ । बन्दीपुर केवलकारको कुल २ करोड ८३ लाख एकाइ आईपीओ शेयर नेप्सेमा सूचीकृत भएको हो । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको शेयरको सबै इकाई समावेश रहेको छ ।

पहिलो कारोबारको लागि खुला दायरा ९५.२४ देखि २८५.७२ रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा आइपीओ शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।

कुल २ करोड ८३ लाख एकाइ शेयरहरू मध्ये, १०० रुपैयाँको बराबर मूल्यको ४३ लाख ४१ हजार ८० एकाइ आईपीओ शेयरहरू ११ भदौ देखि १५ भदौ, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो । सूचीबद्ध शेयरहरू 'BANDIPUR' नामबाट कारोबार हुने भएको छ ।