नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबर छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ३८ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३०२० मा कारोबार भएको थियो ।