Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

‘शरिम लायो’ सार्वजनिक, शान्ति श्री परियार र सुवास क्याप्छाकीको सुमधुर स्वरमा प्रेमको कथा

‘शरिम लायो’ बोलको गीत सार्वजनिक भएको छ। चर्चित गायिका शान्ति श्री परियार र प्रतिभावान गायक सुवास क्याप्छाकीको स्वरमा सजीएको यो गीतले प्रेम, वियोग र भावना मिसिएको कथा प्रस्तुत गरेको छ।

गीतका शब्द राजेश नेपाल बाबिनले लेखेका हुन् भने संगीत रुद्र जीएमले भरेका छन्। विश्वास नेपालले आकर्षक एरेञ्जमेन्ट गरी गीतलाई अझ मनमोहक बनाएका छन्।

भिडियोमा सोनिया लिम्बु र मनोज गुरुङले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्। दुवै कलाकारबीचको केमेस्ट्रीले गीतको भावनालाई जीवन्त बनाएको दर्शकहरूले प्रतिक्रिया दिएका छन्।

गीतको निर्देशन बिबी लिम्बुले गरेका हुन् भने रेनबो वेभको प्रस्तुतिमा बनेको भिडियोमा रामकुमार केसीले आकर्षक छायांकन (DOP) गरेका छन्। छवि थापाको नृत्य संयोजनले भिडियोमा कलात्मकता थपेको छ।

तेजेन्द्र शाहको सम्पादनमा तयार गरिएको भिडियोको कथा र पटकथा समेत निर्देशक बिबी लिम्बुकै लेखनीमा आधारित छ। सह–निर्देशनमा प्रकाश लिम्बु, प्रोडक्सन म्यानेजर अनिता लिम्बु, र लाइन प्रोड्युसर कमला लिम्बु रहेका छन्।