Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आयल निगमले आयोजना गर्यो ‘रन फर हेल्थ’

नेपाल आयल निगमले ‘रन फर हेल्थ’ को नारासहित पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गरेको छ।
आयल निगमको सिनामंगलस्थित डिपोको आयोजनामा शनिबार बिहान दशरथ रंगशालामा मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत दौडको आयोजना गरिएको हो।

कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले खेल राष्ट्रिय पहिचानको माध्यम भएको बताए। उनले देशको आर्थिक समृद्धिमा खेलले ठूलो अर्थ राख्ने भन्दै खेलले ब्यक्तिको इमोसनल र फिजिकल डेभलपमेन्टलाई पनि माथि पुर्याउने बताए। कार्यकारी निर्देशक भट्टले आयल निगमले पेट्रोलियम पदार्थको आयात, विक्री वितरण र भण्डारण मात्र नभएर शिक्षा, स्वास्थ्यसहितका सामाजिक क्षेत्रमासमेत काम गर्दै आएको बताए।

Photo (3) (2).jpeg

यसैगरि सिनामंगलस्थित डिपोका प्रमुख ईन्जिनियर प्रदीप यादव, बागमती पेट्रोलियम एसोसिएसनका अध्यक्ष अच्युत खड्का, पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष  मनोज दास, पत्रकार पेशल आचार्य, अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर लगायतले खेल र स्वास्थ्यबारे धारणा राखेका थिए। दौडमा पुरुष १० किलोमिटरतर्फ प्रदीप भण्डारीले ५३ मिनेट १० सेकेन्डमा तोकिएको दुरी पार गर्दै प्रथम भए। यसैगरी दोस्रो हुनेमा दिगम्बर पन्तले ५४ मिनेट ४६ सेकेन्डमा पार गरे भने मनोजकुमार दास तेस्रो भए। उनले ५६ मिनेटमा तोकिएको दुरी पार गरे।

यसैगरी महिलातर्फ सुमना सापकोटा प्रथम हुँदा उनले ३२ मिनेट ९ सेकेन्डमा ५ किलोमिटर दुरी पार गरिन। यस्तै दोस्रो सर्मिला कटुवालले ३३ मिनेट ३९ सेकेन्ड र राजकुमारी राईले ३५ मिनेट ४९ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरिन। प्रतियोगितामा आयल निगमका कर्मचारी र पत्रकार गरि १२० जनाको सहभागिता थियो।

Photo (4) (2).jpeg