Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान

सुनसरीस्थित रिलायन्स स्पिनिंग मिल्सले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोगबापतको प्रिमियम महसुल बक्यौतामा पहिलो किस्ता बुझाएपछि कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ ।

नेपालय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बिहीबार पहिलो किस्ता बुझाएपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो ।

रिलायन्सले लोडसेडिङको अवधिमा, २०७२ माघदेखि २०७५ वैशाखसम्म उपयोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुलका रूपमा कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । 

उक्त बक्यौतामा २८ किस्ता मिलाइएको मध्ये पहिलो किस्ता स्वरूप कम्पनीले २ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको हो । बक्यौता रकम भुक्तानी नियमित रुपमा जारी रहने प्राधिकरणको अपेक्षा रहेको सिलवालले बताएका छन् ।