Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ३८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ३०२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३०१० मा कारोबार भएको थियो ।