Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

परिष्कृत दराजमल अनुभवमार्फत ३ गुणासम्म क्यासब्याक ग्यारेन्टी

ई–कमर्स प्लेटफर्म दराजले यस वर्षको सर्वाधिक बृहत् सेल ११.११ अघि नै आफ्नो ब्रान्डेड शपिङ गन्तव्य दराजमलको नयाँ स्वरूप सार्वजनिक गरेको छ। नयाँ दराजमल अनुभवमा अब अथेन्टिसिटी ग्योन्टीका साथै ३ गुणासम्मको क्याशब्याक अफर पनि उपलब्ध हुनेछ। यसले ग्राहकहरूलाई विश्वसनीय र सजिलो अनलाइन ब्रान्ड खरिद अनुभव उपलब्ध गराउने कम्पनीले विश्वास लिएको छ। 

दराजमल दक्षिण एसियाकै पहिलो र एकल भर्चुअल मल हो। यसले हाल १५०० भन्दा बढी अन्तर्राष्ट्रिय र स्थानीय ब्रान्डहरू आफ्नो प्लेटफर्म मार्फत उपलब्ध गराउँदै  लाखौं ग्राहकहरूलाई सहज शपिंग अनुभव प्रदान गर्दै आइरहेको छ। यसमा फेशन, ब्युटी, इलेक्ट्रोनिक्स, होम एन्ड लाइफस्टाइल लगायतका विभिन्न वर्गका उत्पादनहरू उपलब्ध रहेका छन्। 

दराजमलमा उपलब्ध लोकप्रिय ब्रान्डहरूमा सियाओमी, वानप्लस, सेटाफिल, मिनिमलिस्ट, युनिलिभर, मारिको, नाईक र एडिडास लगायत रहेका छन्। नयाँ दराजमलको डिजाइनमा पर्पल रंगको प्रयोग गरिएको छ। यसले ब्रान्डको नयाँ पहिचानमा विशेष ध्यान दिँदै मौलिकता, नवप्रवर्तन, र उत्साहपूर्ण शपिङ अनुभवलाई प्रतिबिम्बित गरेको छ।

दराजमलले हाम्रो समग्र व्यवसायिक रणनीतिमा केन्द्रिय भूमिका निर्वाह गर्दै आइरहेको र यसमार्फत स्थानीय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्न सक्षम भएको दराज ग्रुपका प्रमुख वाणिज्य अधिकारी बेन यीले बताए। 

दराजमलले मौलिक उत्पादन, आधिकारिक वारेन्टी, र भरपर्दो बिक्रीपछिको सेवाको खोजी गर्ने ग्राहकहरूका लागि निरन्तर सुदृढ अनुभव प्रदान गर्दै आइरहेको छ। यसमा भुक्तानीका लागि विभिन्न विकल्पहरू, बैंक कार्ड अफरहरू, ढोकादेखि ढोकासम्म डेलिभरी, प्राथमिक रिटर्न सेवा, र प्रतिक्रियाशील ग्राहक समर्थन लगायत सुविधाहरु उपलब्ध रहेका छन्।  यसले दराजमललाई विश्वसनीय अनलाइन ब्रान्ड गन्तव्यका रूपमा स्थापित हुन उल्लेखनिय भूमिका निर्वाह गरेको छ। 

आउँदै गरेको ११.११ मार्फत, दराजमलले १ करोड ७० लाखभन्दा बढी ब्रान्डेड उत्पादनहरू सहित ग्राहकहरूका लागि नयाँ र रोमाञ्चक अफरहरू उपलब्ध गराउने तयारी गरेको छ। ३ गुणासम्मको क्याशब्याकसहितको अथेन्टिसिटी ग्यारेन्टी , फ्री डेलिभरी सुविधा सहित विशेष ब्रान्ड अफरहरू जस्तै: ६०% सम्म छुट हुने फ्ल्यास भाउचरहरू, २ दिनमै डेलिभरी र १४ दिनसम्म उपलब्ध हुने सहज रिटर्न सुविधापनि उपलब्ध हुनेछ।

आउँदै गरेको ११.११ मा १०० प्रतिशत मौलिक उत्पादनहरू उत्कृष्ट मूल्यमा प्रत्येक नेपाली घरसम्म पु¥याउन प्रतिबद्ध रहेको सेटाफिलका अन्तर्राष्ट्रिय बजारका वरिष्ठ ब्रान्ड तथा उत्पादन प्रबन्धक आकाश सिंह चौहानले बताए। आउँदोे ११.११ मा पनि हामी उपभोक्ताहरूका लागि नवीनतम प्रविधिहरु विशेष तथा आकर्षक मूल्य अफर उपलब्ध गराउने तयारी गरिरहेको अल्टिमा नेपालका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले उल्लेख गरे। 

दराजमलमा केवल प्रमाणित तथा आधिकारिक ब्रान्डहरू मात्र संलग्न गरिन्छ। यसले गर्दा, अन्य अनधिकृत विक्रेताहरुका तुलनामा दराजमलले उपभोक्ताहरुका लागि स्वभाविकरुपमा अधिक विश्वसनीयता प्रदान गर्छ। ब्रान्डहरूका लागि दराजमलले नेपालका ३० लाखभन्दा बढी ग्राहकहरू, वार्षिक क्याम्पेन क्यालेन्डर, सुपर ब्राण्ड डे लगायत विशेष बिक्री कार्यक्रम तथा एकीकृत लजिस्टिक नेटवर्कको पहुँच प्रदान गर्दै आइरहेको छ।

यसका साथै, दराजमलले ब्रान्डहरुको विकास तथा प्रबद्र्धनार्थ भ्यालु एडेड सर्भिस सुइट मार्फत ट्राफिक एक्सिलिरेशन, कन्भर्जन बुस्टिंग टूल्स, प्रिसिजियन मार्केटिंग, ईन्फ्लुएन्सर रिचका साथै प्रोफेशनल ब्राण्ड सपोर्ट लगायत सेवा तथा सुविधापनि उपलब्ध गराउँदै आइरहेको छ। यिनका सहयोगले गर्दा साधारण बिजनेस पिरियदका साथै ११.११ जस्ता मेगा क्याम्पेन्सहरुमा ब्राण्डहरुलाई उल्लेख्य सहयोग प्राप्त हुन्छ। 

अर्लि बर्ड र फ्ल्याश सेल कार्यक्रमहरूले ब्राण्डहरुलाई नयाँ उत्पादनहरुको प्रबद्र्धन गर्न तथा सिमित अवधिका लागि उपलब्ध हुने डिल्सहरुका लागि  अत्यावश्यक एक्स्पोजर उपलब्ध गरी २००% सम्म बढी भिजिविलिटीका साथै बिक्री लक्ष्य हात पार्न सहयोग गर्छ।  खरिद सहजता र दोहोरिने ग्राहकहरुको प्रोत्साहनका लागि दराजमलले फ्रि शिपिंग भाउचर र भाउचर म्याक्स सुविधाहरु पनि प्रदान गर्दै आइरहेको छ। यसले खरिद प्रक्रियाका दौरान उपभोक्तामा देखिने दुविधा निवारणमा सहयोग पुग्नुका साथै, औसत अर्डर भ्यालुमा बृद्धि समेत हुने गरेको छ। 

दराज मार्केटिंग सोल्यूशन्स (डीएमएस)ले एआईमा आधारित, लक्षित विज्ञापन र इन्फ्लुएन्सर पहुँच प्रदान गर्दै न्यून खर्चमै ट्राफिक ईफिसियन्सी प्राप्त गर्न सघाउँछ। त्यसैगरी एफिलियट प्रोग्रामले ब्राण्डहरुलाई फराकिलो ईन्फ्लुएन्सर रिचको उपयोग गर्दै अथेन्टिक ट्राफिक पाउन सघाउँछ। त्यसैगरी, दराज बिजनेस सोल्युशन्स (डीबीएस)ले एन्ड टू एन्ड ई–कमर्स व्यवस्थापन सुविधा प्रदान गरी विक्रि प्रबद्र्धनमा सघाउँदै ब्रान्ड विस्तारसम्म सम्पूर्ण सहयोग प्रदान गर्दै आइरहेको छ।

दराज एप वा वेबसाइटको होमपेजमा रहेको दराजमल च्यानलमार्फत ग्राहकहरूले दराजमल सम्म सहजै पहुँच बनाउन सक्नु हुन्छ। मल ब्याड्ज भएका उत्पादनहरू आधिकारिक ब्रान्ड पार्टनरबाट मात्र उपलब्ध हुने भएकाले ग्राहकहरूले मौलिकता र सेवा दुवैमा पूर्ण भरोसा तथा विश्वसनियताको प्रत्याभूती पाउन सक्नुहुनेछ। यसका साथै हरेक खरिदमा उपभोक्ताले ग्यारेन्टिड अथेन्टिसिटीका साथै विश्वसनिय तथा भरपर्दो सेवाको सुनिश्चितता पनि पाउन सक्नुहुनेछ।