Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुरक्षित र स्मार्ट टुल्समार्फत क्रिएटरहरूलाई सशक्त बनाउन टिकटकका नयाँ फिचर

टिकटकले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित, सहयोगी र प्रयोगकर्ता-मैत्री बनाउन नयाँ फिचरहरू सार्वजनिक गरेको छ। टिकटकले क्रिएटरहरूलाई सेफ्टी एन्ड प्रडक्टिभिटी टुल्स उपलब्ध गराउँदै आएको छ।

यसले उनीहरूलाई कन्टेन्ट बनाउन, फ्यानहरूसँग जोडिन र आफ्नो उपस्थितिमाथि नियन्त्रणको अनुभूति पाउन मद्दत गर्ने टिकटकले जनाएको छ। कम्पनीका अनुसार यी सुविधाहरूले अनावश्यक व्यवहारबाट क्रिएटरलाई जोगाउँछन् र सामग्री तथा दर्शकसँगको अन्तरक्रिया प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग गर्छन्।

टिकटकले क्रिएटर केयर मोड नामक नयाँ फिचर लन्च गरेको छ। यो विशेष गरी कमेन्ट सेक्सनको व्यवस्थापनमा केन्द्रित छ। एकपटक एक्टिभेट गरेपछि यसले विशेष गरी क्रिएटरले पहिले रिपोर्ट गरेको वा हटाइदिएको कमेन्टका आधारमा अपमानजनक, धम्कीपूर्ण वा अभद्र कमेन्टहरूलाई स्वचालित रूपमा हाइड गर्दिन्छ। यसले क्रिएटरलाई कन्टेन्ट बनाउने समय कमेन्ट मोडेरेट गर्ने काममा खर्चिन नपरोस् भन्ने सुनिश्चित गर्छ। यो सुविधा स्मार्ट टेक्नोलोजीद्वारा चल्छ, जसले क्रियटरबाट सिकेर प्याटर्नहरू बुझेर सुरक्षित र सकारात्मक कम्युनिटी स्पेसको निर्माण गर्दछ।


साथै, कन्टेन्टलाई निरन्तर लाइभ स्ट्रिम गर्ने क्रियटरहरूका लागि टिकटकले सुधारिएको लाइभ म्युटिङ टुल लन्च गरेको छ। अबदेखि लाइभ स्ट्रिम गर्ने होस्टले अनुचित शब्द, वाक्यांश वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई च्याटमै म्यूट वा ब्लक गर्न सक्छन्। 

होस्ट वा कुनै पनि मोडरेटरले कुनै शब्द वा इमोजी टुलमा टाइप गरेपछि त्यस्तो कमेन्ट च्याटमा देखिँदैन र यस अघि वा भविष्यमा त्यस्तो कमेन्ट गर्ने प्रयोगकर्ता अटोमेटिक रूपमा होस्टले चाहेको अवधिभर म्यूट हुन्छन्। यो सुविधा आजबाट विश्वभरका सबै क्रिएटरहरूका लागि उपलब्ध छ र लाइभका दौरान पटक पटक गरिने कमेन्ट म्युट र ब्लक गर्ने क्रियटरका लागि सक्रिय रूपमा उपलब्ध हुनेछ। टिकटकको बल्क म्युट फिचरले लाइभमा हुने अन्तरक्रियालाई अझ नियन्त्रणयोग्य बनाउँछ र सम्मानजनक अन्तरक्रिया तथा कम्युनिटी निर्माण गर्न मद्दत गर्छ। यसले क्रिएटर र दर्शक दुवैका लागि सुरक्षित, आकर्षक र रियल-टाइम कम्युनिटी स्पेस सुनिश्चित गर्छ।

टिकटकले क्रियटरहरूका लागि उपयोगी हुने अर्को टुल कन्टेन्ट चेक लाइट पनि उपलब्ध गराएको छ, जुन केवल वेबमा टिकटक स्टुडियो मार्फत चल्छ। यस फिचरले क्रिएटरहरूलाई आफ्ना भिडियोहरूको लिमिटेड रिचका कारण फर यू पेजमा नदेखिने जस्ता समस्या छ कि छैन भनेर पोस्ट गर्नु अघि नै जाँच गरेर परिवर्तन गर्न सघाउँछ। यसरी क्रिएटरले सम्भावित समस्याहरू सुरुमै पहिचान गरी कम्युनिटी गाइडलाइन्स अनुसार कन्टेन्टमा सुधार र सिर्जनात्मक स्वतन्त्रता कायम गरेर पोस्ट गर्न सक्छन्। साथै, प्लेटफर्मले क्रिएटर इन्बक्स सुविधा दिएको छ, जुन एक प्रोफेसनल मेसेजिंग हब हो। योसँग छिटो जवाफका लागि टेम्पलेट र अनरिड/स्टार गरिएका मेसेजका लागि बेग्लै फोल्डर उपलब्ध हुन्छन् जसले फ्यानहरूसँगको संवाद अझ छिटो र सरल बनाउँछ।

यी सबै टुलहरू मार्फत टिकटकले क्रिएटरहरूलाई अनलाइन कम्युनिटी निर्माणमा सुरक्षित, समर्थित र आत्मविश्वासी महसुस गराउन सहयोग गर्दछ। प्लेटफर्मले क्रिएटरहरूलाई यी सुविधाहरू प्रयोग गर्न, यी टुलहरूले कसरी काम गर्छन् भनेर जान्न र आफ्नो अनलाइन यात्रा अझ सकारात्मक, उत्पादनशील र सुरक्षित बनाउन प्रोत्साहन गर्दछ।