Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘द फनटूस शो’ प्रसारण सुरु

नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘द फनटूस शो (The Fun2sss Show)’ शनिबारदेखि ओएसआर रियालिटी टेलिभिजनमार्फत प्रसारण सुरु भएको छ। कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ।

हिल्स एण्ड होराइजन फिल्म्स प्रा.लि.को प्रस्तुत यो कार्यक्रमको निर्देशन चर्चित कमेडियन कैलाश कार्कीले गरेका छन्। कार्की कमेडी च्याम्पियन रियालिटी शोबाट चर्चित भएका हुन्। सो शोको होस्टिङ अर्का चर्चित कमेडियन सन्तोष थापाले गरेका छन्।

कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन्। उनीहरूले फरक–फरक इम्प्रभ गेम प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछन्।

शो तीन चरण (सिल्भर, गोल्ड र डायमण्ड राउन्ड) मा विभाजन गरिएको छ । प्रत्येक राउन्डमा छ-छ एपिसोड रहनेछन्। एलिमिनेशन र वाइल्डकार्ड प्रणालीसमेत लागू गरिएको छ।

कुल २० एपिसोडसम्म सञ्चालन हुने शोको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ, जसले नगदसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन्। आयोजकहरूले यो शो नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ ढंगको कमेडी संस्कृतिको सुरुवात हुने विश्वास व्यक्त गरेका छन्।