Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्कीले बोलाएको त्रिपक्षीय छलफल शुरु, को-को सहभागी छन् ?

प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको त्रिपक्षीय छलफल शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा जेनजी समुहबाट १३ जना सहभागी छन् । त्यस्तै राजनीतिक दलहरुबाट १५ जना सहभागी छन् भने सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महाबीर पुन र सञ्चारमन्त्री जगदिश खरेल सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

PM_11761736713.jpg

जेनजीबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन् । 

त्यस्तै राजनीतिक दलबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन् ।