Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्कीले बोलाएको त्रिपक्षीय छलफलमा जेनजीबाट यी १३ जना सहभागी हुने

प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको त्रिपक्षीय छलफलमा जेनजी समुहबाट १३ जना सहभागी हुदैछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार, राजनीतिक दलहरुसहितको छलफलमा  जेनजीबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी हुदै छन् ।  यस छलफलमा राजनीतिक दलहरुबाट दोस्रो र तेस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ । 

प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । छलफल आज केहीबेरमा बालुवाटारमा हुदै छ । बैठकमा निर्वाचन केन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।