Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

काठमाडौँका विभिन्न स्थानबाट सुनको सिक्री चोरी, लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले पक्राउ परेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा आठ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ । 

सिक्री लुटपाट र किनबेचमा संलग्नमा राज लामा, दुर्ग बहादुर मगर, दिल बहादुर बिक, बागलुङ कालिका ज्वेलर्सका सञ्चालक गोबिन्द सुनार र मनु जेम्स एण्ड ज्वलर्सका सञ्चालक दिपेस रसाईली रहेका छन् । 

उनीहरुसँग १० थान मोबाइल, ७० थान सिम कार्ड, ३ थान मेमोरी कार्ड, मोटरसाइकल ३ थान, नगद ३ लाख ८८ हजार ५०० सहित सुन समेत बरामद गरेको प्रहरीले जनाएको छ ।