Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

ओलीले अघि सारे सर्वपक्षीय सरकार गठनको प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीसहितको सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन् ।

राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग भएको भेटवार्ताका क्रममा ओलीले सर्वपक्षीय सरकार बनाउने प्रस्ताव गरेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

ओलीले असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था, जेनजी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दावी नगर्ने, जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन, उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन, त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव र संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण लगायतका प्रस्ताव राखेको रिजालले जानकारी दिएका छन् ।