Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दिए राजीनामा

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

सचिव अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । 

राष्ट्रपतिको कार्यालयले भनेको छ: राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागु हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ ।