Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस चालक कलिकोटको पचालझरना गाउँपालिका ७ घर भई हाल काठमाण्डौँको नामखेल बस्ने ३४ वर्षीय खम्ब दमाई,  बा  ५ ख ७९१ नम्बरको भाडा बस चालक सिन्धुपाल्चोकको  मेलम्ची नगरपालिका ७ घर भई हाल मुलपानी बस्ने ३४ वर्षीय सिताराम गिरी र बागमती प्रदेश ०१-००२ ज ८५१८ नम्बरको हायस चालक काठमाडौँको टेकु बस्ने ६७ वर्षीय मोचाकाजि महर्जनलाई काठमाडौँको बाफलबाट  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

त्यस्तै बागमती प्रदेश-०१-००६ ख ८९८३ नम्बरको महानगर यातायातको बस चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ घर भई हाल काठमाडौँको वाफल बस्ने ३७ वर्षीय सकुल डोटेललाई गौशालाबाट  र बा ४ ख ९३५६ नम्बरको बस चालक नुवाकोटको विदुर नगरपालिका २ घर भई काठमाडौँ बस्दै आएका ३७ वर्षीय राजु कटुवाललाई चाबहिलबाट,  बागमती प्रदेश ०१-००६ ख ५४३१ नम्बरको रात्रिकालिन बसका चालक सप्तरीको राजविराज नगरपालिका ११ बस्ने ४० वर्षीय धर्मदेव यादवलाई कोटेश्वरबाट र  बा ४ ख ४१० नम्बरको माइक्रो चालक सर्लाहीको बागमती नगरपालिका १ का ३६  वर्षीय अजय गोलेलाई ललितपुरको सातदोबाटोबाट मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आएका चालकहरूलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् ।