Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मन्त्री बन्न लागेका खगेन्द्र सुनार काँग्रेसको महाधिवेशन प्रतिनिधि!

श्रम मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ । २०७८ मंसिरमा भएको १४औं महाधिवेशनका लागि सुनार दैलेख- १ बाट महाधिवेशन प्रतिनिधि बनेको खुलेको हो ।

त्यसबेला खुलातर्फ उम्मेदवार बनेर उनले ३४९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेका थिए । उनी अहिले पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि कायम रहेका छन्  । मन्त्रीको शपथ लिनु अघि सुनार विभिन्न तीन अदालतमा मुद्दा चलिरहेका, पक्राउ पुर्जी जारी भएका र उनले महिला विरुद्ध अभद्र टिप्पणी गरेका विषय बाहिर आएका छन् ।

सुनार बारे विभिन्न विवादित विषय बाहिर आएपछि प्रधानमन्त्री सुशिला कार्की उनलाई मन्त्रीको शपथ खुवाउने या नखुवाउने भन्ने विषयमा छलफलमा रहेको बताइएको छ ।

सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य बाहिर आएको छ । सुनारविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा रहेको छ भने सुर्खेत जिल्ला अदालतमा उनीविरूद्ध मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ । 

त्यस्तै उनीविरुद्ध काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा रहेको छ । 

Khagendra_31761466744.jpg
undefined