Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

काँग्रेस केन्द्रीय समितिको बैठक आजपनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २८ गतेदेखि शुरु भएको बैठक आज पनि बस्दैछ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको बैठकमा विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ भने कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने भएको छ ।

यसअघि शुक्रबारको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राखेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा धारणा राख्ने धेरै जसोले मङ्सिर भित्र नै नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।