Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

दरबार हत्याकाण्डबारे ओलीको दाबी : दीपेन्द्र दोषी होइनन्

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डबारे वर्षौंदेखि फैलाइएको सूचना सही नभएको दाबी गरेका छन् ।

एमालेको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई शुक्रबार च्यास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले दरबार हत्याकाण्डबारे एकपक्षीय सूचना र अफवाहले लामो समयसम्म जनमानसमा प्रभाव पारेको पनि बताए। 

उनले दरबार हत्याकाण्डपछि युवराज दीपेन्द्र शाहले तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्या शाहसहित परिवारका सदस्यको हत्या गरेर आत्महत्या गरेको भन्ने कथा विश्वभर फैलाइएको उल्लेख गर्दै त्यसलाई सही सूचना मान्न नसकिने दाबी गरे।