नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । आज बिहीबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो । जस अनुसार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ ।
बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज एक तोला चाँदीमा ३० रुपैयाँको वृद्धि भएको हो ।