Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी जीवित नरहेको पुष्टि

इजरायली सेनाले गाजामा हमासद्वारा नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको मृत्यु पुष्टि गरेको छ। इजरायली रक्षा बल (IDF) का एक अधिकारीले आज बिहान स्थानीय समय अनुसार साढे ७ बजे औपचारिक रूपमा विपिनको मृत्युबारे जानकारी दिएका हुन्।

इजरायली सेनाले यसअघि विपिन जोशीलाई जीवित बन्धकको सूचीमा समावेश गरेको थियो। तर पछिल्लो मूल्यांकन र प्रमाणका आधारमा उनी अब जीवित नरहेको निष्कर्षमा पुगेको सेनाले जनाएको छ। विपिनको मृत्युबारे थप विवरण – जस्तो कि मृत्युको समय, अवस्था वा शवको अवस्थिति – अहिले सार्वजनिक गरिएको छैन।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिए भने कञ्चनपुरका विपिन जोशी बन्धक बनाइएका थिए। त्यसयता उनी गाजामा हमासको नियन्त्रणमा रहेको अनुमान गरिएको थियो। केही दिनअघि मात्र सार्वजनिक भएको एक सूचीमा उनी जीवित रहेका बन्धकमध्ये एक हुन् भनेर समावेश गरिएको थियो।

तर, आज आएको यो जानकारीले नेपाली समुदायमा पुनः शोक र पीडा थपेको छ।