Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा २०८२ अशोज २३ बाट २५ गतेसम्म सञ्चालन भएको ‘क्याम्ब्रियन पेट्रोल अभ्यास’ Exercise Cambrian Patrol २०२५ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको छ ।

उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो ।  सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ ।

दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।

यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।