Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

आयल निगमले दशैँ बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने, तोक्यो १३ डिपो

नेपाल आयल निगमले दसैंका सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री वितरण नरोकिने जनाएको छ ।

निगमले आइतबार सूचना जारी गरेर उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनहरूमा पनि पेट्रोलियम पदार्थको सहज बिक्री वितरण हुने व्यवस्था मिलाएको जनाएको हो । निगमले देशभरका १३ वटा डिपो खुला रहने जनाएको छ ।

साथै पेट्रोलियम पदार्थको उपलब्धतामा समस्या भएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

oil1759056609.jpg
undefined