Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सुशीला कार्की प्रधानमन्त्री बन्दै

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने निश्चित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।

बैठकमा सहभागी एक स्रोतका अनुसार "आवश्यकताको सिद्धान्त" अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति बनेको छ। अन्य कुनै असहज परिस्थिति नभए भोलि बिहानसम्म उनलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराइने तयारी गरिएको स्रोतले जानकारी दियो।

उक्त निष्कर्षमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजीका प्रतिनिधि, संवैधानिक कानुनविद् र प्रमुख दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए। सोही छलफलपछि कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको जनाइएको छ।

यसअघि नै जेनजी प्रतिनिधिहरूले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिन सक्रिय लबिङ गर्दै आएका थिए।