Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

विमानस्थलहरुमा भिआईपी सेवा बन्द

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थलमा प्रदान गरिँदै आएको भिआईपी सेवा बन्द गरिएको छ ।

नागरिक उड्यन प्राधिकरणका अनुसार देशको पछिल्लो परिस्थितीलाई मध्यनजर गर्दै प्राविधिक र सुरक्षा सम्बन्धी कारणले सेवा स्थगन गरिएको हो। प्राधिकरणले सबै यात्रुहरूलाई सामान्य प्रवेश क्षेत्र प्रयोग गर्न अनुरोध गरेको छ ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । ‘जेनजी पुस्ता’को आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३: ३० बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखि नै आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।