Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रामेछाप कारागारका कैदीको भाग्ने प्रयास, सेनाको गोली गोली लागेर दुई जनाको मृत्यु

रामेछाप जिल्ला कारागारका कैदीले भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदी घाइते भएकोमा रामेछाप अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । हाल १२ जनाको उपचार जारी रहेको छ । 

कैदीहरूले कारागारभित्रका तोडफोड गरेर निस्कन खोजेपछि सेनाले गोलि चलाएको थियो । मृत्यु हुनेमा एक जना कर्तव्य ज्यान मुद्दा र अर्को जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका कैदी रहेका छन् ।

रामेछाप जिल्ला कारागारमा हाल तीन सयभन्दा बढी कैदी रहेका छन् । सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ ।