Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जेनजीले छलफल गरिरहँदा प्रधान सेनापति सिग्देल र दुर्गा प्रसाईंबीच भेटवार्ता

मुलुकको जटिल राजनीतिक अवस्था र स्थायित्वको सवालमा विभिन्न पक्षबीच व्यापक छलफल चलिरहेका बेला प्रधान सेनापति अशोक सिग्देल र दुर्गा प्रसाईबीच भेटवार्ता भएको छ।

स्रोतका अनुसार, दुबै पक्षबीच भएको उक्त संवादमा मुलुकको समसामयिक अवस्था, स्थायित्व, सुशासन र आगामी सम्भावित राजनीतिक विकल्पबारे गम्भीर छलफल भएको हो।

विगतमा राजसंस्था पुनर्स्थापनाका लागि सञ्चालन गरिएको जनआन्दोलनमा अगुवाको भूमिकामा रहेका दुर्गा प्रसाई हाल स्वतन्त्र हैसियतमा विभिन्न राष्ट्रवादी र सुधारवादी अभियानहरूमा सक्रिय छन्। भेटका क्रममा "अबको राष्ट्रिय निकास के हुन सक्छ?" भन्ने मूल विषयमा विशेष छलफल भएको जनाइएको छ।