Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जेनजीले वार्ताको लागि अघि सार्‍यो सुशीला कार्की र कुलमान घिसिङको नाम

जेनजीका युवाहरु देशको नयाँ सरकार गठन, निर्वाचन र त्यसपछिको योजना निर्माणका एजेण्डा तयार गर्न छलफलमा जुटेका छन् ।

जेनजीको छलफलपछि उनीहरुले राष्ट्रपति र सेनासँग वार्तामा बस्ने भएका छन् । अनलाईनमा भइरहेको भर्चुअल बैठकमा ४ हजारभन्दा धेरै युवाहरू सहभागी भएको बताइएको छ । सो छलफलमा नयाँ नेतृत्वको लागि गरिएको सर्वेमा ९० प्रतिशत सुशीला कार्कीको नाममा सहमत भएको समेत सुनाएका थिए ।

यदि सुशीला कार्कीले नमानेको खण्डमा कुलमान घिसिङको नाम अघि सारेका छन् ।