Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

पोखरामा प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको शव

प्रदर्शनकारीले जलाएको पोखराको नयाँबजारमा अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार सोरूमको आगो निभाउने क्रममा बुधबार शव भेटिएको हो।

उनका अनुसार जलेको शव पोस्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । शव सोही अटो सोरूममा काम गर्ने युवतीको हुन सक्ने प्रहरीको आशंका छ।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।