Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

विराटनगरमा बख्तरबन्द गाडीबाट नेपाली सेनाको गस्ती

निषेधाज्ञा जारी भएसँगै विराटनगरमा नेपाली सेनाले गस्ती सुरु गरेको छ ।

सेनाले बख्तरबन्द गाडी तथा पैदल दुवै माध्यमबाट विभिन्न क्षेत्रमा निगरानी गरिरहेको छ ।

हिजो आगजनी भएको भाटभटेनी क्षेत्र आसपासमा सेनाको उपस्थिति विशेष रूपमा देखिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै विराटनगरका प्रमुख क्षेत्रहरूमा नेपाली सेनाको टोली परिचालित गरिएको हो ।