Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

डिल्लीबजार कारागारमा कैदीबाट आगजनी, सेनाको हस्तक्षेप

काठमाडौँको डिल्लीबजार कारागारमा तनाव भएको छ । डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ । बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन् ।

कारागारमा रहेका कैदीले आगजनी गरेर बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ । कैदीहरुले देशको विशेष परिस्थितिमा आफुहरु बाहिर आउनुपर्ने भन्दै आगजनी गरेका थिए ।

अहिले कारागार भित्र आगो लागेको छ भने सेनाले कैदीहरुलाई बाहिर आउन रोकेपछि अवस्था तनावग्रस्त बनेको छ ।

जेनजीको आन्दोलनका क्रममा कारागारका बन्दीहरू देशभरबाट भागेका छन् । रास्वपा सभापति रवि लामछानेलाई नख्खु कारागारबाट निकालेपछि सबैतिर बन्दीहरू भाग्न थालेका छन् ।