Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

आन्दोलनकारी भन्छन्- आन्दोलन सफल भयो, अब बालेन प्रधानमन्त्री

जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरुले आफूहरुको विजय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौंको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले वालेन शाह प्रधानमन्त्री बन्नुपर्ने पनि बताए ।

उनीहरुले वालेनलाई प्रधानमन्त्री र हर्क साङपाङलाई गृहमन्त्री हुनुपर्ने धारणा राखे । अब देशमा परिवर्तन हुने पनि उनीहरुको भनाइ थियो ।

प्रर्दशनकारी राम अधिकारीले आफ्नो जित भएको प्रतिक्रिया दिए । संसद भवन अगाडि रगतको खोला बगेको प्रतिक्रिया दिएका उनले मृतकहरुलाई न्याय मिलेको बताए । आन्दोलन सफल भएको उनीहरुको प्रतिक्रिया थियो ।