बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा गएराति भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सुरक्षा स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।
झडपमा घाइते भएकाहरुलाई तत्कालै नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचाररत अवस्थामा पाँच जनाको मृत्यु भएको र दुई जनाको उपचार जारी रहेको स्रोतले जानकारी दिएको छ।
घटना देशभर जेनजीको आन्दोलन चर्किरहेका बेला भएको हो। आन्दोलनको प्रभाव बाल सुधारगृहसम्म पुगेपछि त्यहाँ रहेका कैदीबालकहरू भाग्ने प्रयासमा रहेका थिए। प्रहरीले रोक्न खोज्दा अवस्था तनावपूर्ण बनेर झडप भएको जनाइएको छ।
झडपपछि केही युवक फरार भएका छन् भने केही अझै सुधारगृहभित्रै रहेका सुरक्षा निकायले जनाएको छ।