Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जेनजी प्रदर्शन : देशभरका धेरै कारागारबाट भागे कैदीबन्दी

जेनजी प्रदर्शनकारीको उग्र पदर्सनसँगै देश नै नियन्त्रण बाहिर जाँदा देशभरका कारागारबाट कैदीबन्दीहरु भाग्न थालेका छन् ।

कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी निस्किएका छन् । दिउँसो कारागारको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी साँझ परेसँगै फर्किएको थियो ।

त्यसपछि जेनजीका प्रदर्शनकारी कारागार प्रवेश गरेका थिए । जेनजी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।

त्यस्तै, तुलसीपुर कारागारका एक सय २४ कैदी मूल गेटको पर्खाल तोडेर निस्किएका छन् । यस्तै, कैलाली कारागारबाट पनि कैदीबन्दी निस्किएका छन् । अझै देशैभरका कारागारबाट कैदीबन्दी निस्किरहेएका छन् ।