Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सिभिल अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु

राजधानीस्थित निजामती अस्पतालमा उपचाररत तीन जना जेनजी प्रदर्शनकारीको मृत्यु भएको छ ।

मंगलबार दिनभर राजधानीका विभिन्न स्थानमा भएको प्रदर्शनमा घाइते भएका १९० जनालाई अस्पताल ल्याइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।


त्यस्तै, दुई जना गम्भीर घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ । अस्पतालमा हाल पनि दर्जनौँ घाइतेको उपचार जारी रहेको बताइएको छ ।