Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

राष्ट्रपति पौडेलद्वारा जेनजीलाई वार्तामा आउन आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीका प्रतिनिधिहरुलाई वार्तामा आउन आग्रह गरेका छन् । देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै मुलुकलाई थप क्षति हुन नदिन राष्ट्रपति पौडेलले वार्तामा आउन आग्रह गरेका हुन् । 

‘लोकतन्त्रमा नागरिकले उठाएको मागहरु जेनजीका प्रतिनिधि समेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलले भनेका छन् ।

त्यस्तै मुलुकको विषय परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको राजीनामा स्वीकृत भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्ने विश्वास लिएको समेत बताएका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भनेका छन् ।

542494614_1308655904067338_7392255675440320548_n-1.png
undefined